कम्युनिस्टहरु एकैठाउँमा आउनुपर्छ : माधव नेपाल

नेपालभ्युज

कम्युनिस्टहरु एकैठाउँमा आउनुपर्छ : माधव नेपाल
फाइल तस्वीर । नेपालभ्यूज ।

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालका कम्युनिस्टहरु एकैठाउँ हुनपर्नेमा जोड दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनः नेकपातिरै फर्कने बताइरहँदा नेपालले पनि कम्युनिस्ट एकतामा जोड दिएका हुन् ।

भक्तपुरमा आइतबारआयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवसमा आजोजित कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिक क्रान्ति पूरा भएको तर्क गर्दै जनताको जीवनमा आमुल परिवर्तन ल्याउन कम्युनिस्टहरु मिल्नुपर्ने बताए ।

‘समाजवादको यात्रामा अघि बढ्नका लागि पनि कम्युनिस्ट एकताको विकल्प छैन’, उनले भने ।  उनले समाजवादी आन्दोलनको नेतृत्व गर्न प्रचण्डलाई आग्रह समेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved