काठमाडौं। उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन्। ६५औं संसद् दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूप्रति पूर्वाग्रह राखेको जस्तो लागेको बताइन् ।
उनले भनिन्- ‘भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ’ ।
आफूले केही समयअघि सिंगापुरको संसदको भ्रमण गरेको र सो क्रममा सभामुखको फोटो विगतदेखि वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताइन् ।
‘अस्ति म डब्ल्यूटीओको कन्फ्रेन्सका लागि सिंगापुर गएको थिएँ । त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्यूले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ अभिलेखका रूपमा । हाम्रोमा त्यस्तो खै त ?’ उनले प्रश्न गरिन् ।
Facebook Comment
Comment