जनअपेक्षाअनुसार सरकारले गति लिन सकेन : माधव नेपाल

नेपालभ्युज

जनअपेक्षाअनुसार सरकारले गति लिन सकेन : माधव नेपाल

काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

६५औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले  जनताले अपेक्षा गरेअनुसार विकास, निर्माणको कामले गति लिन नसकेको तथा सुशासनको प्रत्याभूति दिन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र सेवा प्रवाहको काम प्रभावकारी बनाउने गरी सरकारलाई दबाब दिने काममा लाग्न सांसदहरूलाई आग्रह गर्दै जनताको प्रतिनिधि भएको नाताले सांसदहरूले सेवाको काममा केन्द्रित हुनुपर्ने बताए ।

‘यो देशको स्वाभिमानको रक्षा गर्ने सन्दर्भमा सबै राजनीतिक दलहरू एकताबद्ध भई अगाडि बढनुपर्ने हुन्छ । अहिले हाम्रो देशलाई विकासको यात्रालाई अगाडि बढाउनु पर्नेछ । जनताले अपेक्षा गरे बमोजिम विकासले गति लिन सकेको छैन । शासन, प्रशासन चलेको छैन । भ्रष्टाचार अहिले पनि व्याप्त छ । ती सबै भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनुपर्ने हुन्छ । यी सबैमा निगरानी जनताका प्रतिनिधिहरूकै हुन्छ,’ अध्यक्ष नेपालले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved