डेक्लान राइसलाई १०५ मिलियन पाउन्डमा भित्र्याउन आर्सनल तयार

नेपालभ्युज

डेक्लान राइसलाई १०५ मिलियन पाउन्डमा भित्र्याउन आर्सनल तयार

काठमाडौं। इंग्ल्यान्डका मिडफिल्डर डेक्लान राइसलाई वेस्ट ह्यामबाट १०५ मिलियन पाउन्डमा भित्र्याउन आर्सनल तयार भएको छ।  राइसका लागि आर्सनलले गरेको यसअघिका दुई प्रस्ताव वेस्ट ह्यामले अस्वीकार गरे पनि तेस्रो प्रस्तावमा सहमति जनाएको बीबीसीले खुलाएको छ।

वेस्ट ह्यामले यसअघि राइसका लागि म्यानचेस्टर सिटीबाट आएको ९० मिलियन पाउन्डको प्रस्ताव पनि अस्वीकार गरेको थियो ।

वेस्ट ह्यामका कप्तानसमेत रहेका राइस सन् २०१४ मा चेल्सीको एकेडेमीबाट वेस्ट ह्याम आएका थिए । वेस्ट ह्यामले यो महिनाको सुरुआतमा युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको थियो । वेस्ट ह्यामले पछिल्ला ४३ वर्षमा जितेको यो पहिलो प्रमुख उपाधि थियो । राइस र वेस्ट ह्यामबीच सन् २०२४ सम्मको सम्झौता थियो ।

आर्सनलले राइसका लागि १०० मिलियन पाउन्ड प्रारम्भिक र पाँच मिलियन ‘एड वान्स’ प्रस्ताव गरेको हो । वेस्ट ह्यामका लागि राइसले २४५ खेलमा १५ गोल गरेका छन् । राइसले इंग्ल्यान्डबाट ४३ क्याप जितेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved