अनलाइन जुवा खेलाउने यी हुन राजासहितका चार आरोपित

नेपालभ्युज

अनलाइन जुवा खेलाउने यी हुन राजासहितका चार आरोपित

काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौ‌ं उपत्यकाका विभिन्न ठाउँमा बसोबास गर्ने राजा चौधरी समेतका व्यक्तिहरूले वान एक्स बेटबाहेक अन्य विभिन्न अनलाइन क्यासिनो गेम (जुवा)हरुमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी सट्टावाजी गराई खेल खेलाउने गरेको पाइएपछि पक्राउ गरिएको हो ।

राजा चौधरीलगायतका व्यक्तिहरुको निगरानी राखी खोजतलास गर्दै जाँदा काठमाडौँ महानगरपालिका–१४ कङ्लकीसहित, ठमेल र बालाजु हाइटलगायतका क्षेत्रबाट उनीहरुलाई आइतबार राति पक्राउ गरी सोमबार जिल्ला प्रहरी परिसरमा बुझाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

सोधपुछ गर्दा उनीहरुले मोबाइलमा विभिन्न जुवा खेलाउने अनलाइन प्लेटफर्मको प्रयोग गरी अनलाइन क्यासिनो गेममा अनलाइनमार्फत नै रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको खुलेको छ । उनीहरुले आर्थिक लाभका लागि कुराकानी गरेको अनलाइन विवरणसमेत फेला परेको उनले बताए ।

पक्राउ परेकामा बारा जितपुर सिमरा घर भई काठमाडौँको कलङ्की बस्ने २४ वर्षीय राजा चौधरी, सोही ठाउँका विवेक चौधरी, काठमाडौँको ठमेल बस्ने रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका घर भई काठमाडौँको ठमेल बस्ने आशा गुरुङ रहेका छन् ।

रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved