डिसहोमले फेरि ल्यायो ‘१ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने’ योजना

नेपालभ्युज

डिसहोमले फेरि ल्यायो ‘१ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने’ योजना

काठमाडौं। डिसहोमले ‘१ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने’ योजना फेरि ल्याएको छ । कम्पनीका अनुसार १ वर्षको रिचार्ज गर्दा ग्राहकले २४ महिना डिसहोम हेर्न पाउने भएका हुन् ।

ग्राहकहरूको विशेष आग्रहमा कम्पनीले फेरि यो योजना सञ्चालनमा ल्याएको छ । यो योजनाअन्तर्गत डिसहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत वार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । यो योजना नेपालभर सीमित अवधिका लागि लागू हुनेछ ।

विगत १४ वर्षदेखि डिस मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको छ ।

डिसहोमले ग्राहकहरूलाई उत्कृष्ट विभिन्न च्यानलहरूसँगै गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ, जसअनुसार कम्पनीले ग्राहकहरूलाई विभिन्न योजनामार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरू प्रदान गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved