काठमाडौै । साफ च्याम्पियनसिप अन्तर्गत समूह बी को खेलमा भुटानमाथि लेवनानले फराकिलो जित हात पारेको छ ।
आइतबार भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा भएको खेलमा लेवनानले भुटानलाई ४-१ ले पराजित गर्दै जित हात पारेको हो ।
पहिलो हाफमै ४ गोलको अग्रता लिएको लेवनानको जितमा मोहमद सादेकले ११ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । ३५ औं मिनेटमा खलिल बादेरले लेवनानका लागि तेस्रो गोल गरे ।
यस्तै खेलको ४३ औं मिनेटमा मेहदी जेनले चौथो गोल गरेका थिए भने ८० औं मिनेटमा भुटानका लागि चेन्चो ग्याल्सेनले एक गोल फर्काएका थिए ।
लेवनानको यो जितसँगै २ खेलमा ६ अंक छ । बंगलादेश र माल्दिभ्सको ३-३ अंक छ भने भुटान अंकविहिन छ ।
अन्तिम खेलमा लेवनानले माल्दिभ्स र बंगलादेशले भुटानको सामना गर्नेछ ।
Facebook Comment
Comment