‘५७ प्रतिशत विवाहित महिला अस्थायी साधन प्रयोग गर्छन्’

नेपालभ्युज

‘५७ प्रतिशत विवाहित महिला अस्थायी साधन प्रयोग गर्छन्’

काठमाडौं । नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको छ ।

शुक्रबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा न्यु एराले सार्वजनिक गरेको सर्वेक्षणमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको देखिएको हो ।

सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालीहरुको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखिएको नीति, योजना तथा अनुगमन महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनले नेपाली महिलाहरुले बढ्दो संख्यामा मातृ स्वास्थ्य सेवा लिने गरेको सर्वेक्षणले देखाएको बताए । उनका अनुसार ९४ प्रतिशत गर्भवती महिलाले दक्ष स्वास्थ्यकर्मी, नर्स, अनमीबाट गर्भवती सेवा प्राप्त गरेको सर्वेक्षणले देखाएको छ । बच्चा जन्मेपछि १० मध्ये, ७ महिला र नवजात शिशुलाई जन्मेको दुई दिनभित्र स्वास्थ्य जाँच गराइएको सर्वेक्षणले देखाएको छ ।

नेपालमा ५७ प्रतिशत विवाहित महिलाहरुले परिवार नियोजनको साधन प्रयोग गर्ने, ४३ प्रतिशतले आधुनिक परिवार नियोजनको साधन वा विधि प्रयोग गर्ने र १५ प्रतिशतले परम्परागत विधिहरु प्रयोग गर्ने गरेको सर्वेक्षणमा देखिएको छ । २०२२ एनडिएचएसमा नेपालले कुल प्रजनन दरलाई २.१ मा घटाउने दिगो विकास लक्ष्य २०३० लाइ पूरा गरेको छ ।

विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको तथ्यांकले देखाएको छ । त्यस्तै ५ वर्ष मुनिको बाल मृत्युदर उल्लेखनीय रुपमा घटेको सर्वेक्षणले देखाएको छ । पुड्कोपन पनि २०२२ मा २५ प्रतिशतमा झरेको छ, १९९६ मा ५७ प्रतिशत रहेको थियो ।

त्यस्तै किशोरीवस्थाको प्रजनन दर उच्च रहेको जसमा १५ देखि १९ उमेर समूहका १४ प्रतिशत किशोरी गर्भवती हुने अध्ययनले देखाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved