रुकुम पश्चिममा जिप दुर्घटना,१० जना घाइते

रुकुम पश्चिममा जिप दुर्घटना,१० जना घाइते

रुकुम ।  रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगाको त्रिवेणी चोकबाट डिग्रे जाँदै गरेको जिप दुर्घटना भएको छ ।

त्रिवेणी चोकबाट रावलबारा हुँदै डिग्रे जाने सडकमा रहेको भे १ च २७९६ नम्बरको जिप स्टार्ट गर्ने क्रममा त्रिवेणी चोकबाट केही माथि उकालोमा ब्रेकले काम नगरी पछाडि सर्दा सडकबाट ६ मिटर तल अर्को सडकमा खसेको थियो ।

दुर्घटनामा परी १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार जिपमा १२ जना सवार थिए ।

चालक सहित २ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved