काठमाडौं महानगरका ४६५ निजी विद्यालयले बुझाए छात्रवृत्ति विवरण

नेपालभ्युज

काठमाडौं महानगरका ४६५ निजी विद्यालयले बुझाए छात्रवृत्ति विवरण

काठमाडौं ।  काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ले छात्रवृत्ति विवरण बुझाएको महानगरका मेयर बालेन शाहले जानकारी दिएका छन् ।

सामाजीक संजालमा एक सन्देश शेयर गर्दै मेयर शाहले  महानगरको इतिहासमा यो पहिलो पटक भएको बताएका छन्  । उनका अनुसार यसबाट लक्षित वर्गका १३००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् । प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिने पनि उनले बताएका छन्।

हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने बताउँदै उनले त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने समेत चेतावनी दिएका छन्  ।

‘विद्यमान कानुनी प्रवन्ध कार्यान्वयन गर्दा यी १३ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका हुन्’ उनले लेखेका छन् ‘कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved