प्रेम सम्बन्धलाई मसालेदार बनाउनका लागि खेल्नुहोस् ‘कपल गेम्स’

नेपालभ्युज

प्रेम सम्बन्धलाई मसालेदार बनाउनका लागि खेल्नुहोस् ‘कपल गेम्स’

एजेन्सी । प्रेम जोडीले एकअर्काबीच सम्बन्ध बलियो बनाउनका लागि कैयौं काम गरिरहेका हुन्छन् । यसमा एउटा काम खेल खेल्नु पनि हुन सक्छ ।

खेलका माध्यमबाट पनि एकअर्काको सम्बन्धलाई बलियो तथा रोमाञ्चक बनाउन सकिन्छ । त्यसका लागि जोडी मिलेर खेल्ने विभिन्न खेलहरु हुन्छन् । जसलाई जान्नुभयो भने तपाईं पनि आफ्नो जोडीमा यो लागू गर्न सक्नुहुन्छ । त्यस्तै केही खेलहरुका बारेमा जानौं ।

ट्रुथ एन्ड डेयर

ट्रुथ एन्ड डेयर एकदमै रमाइलो गेम हुन्छ । यो खेलमा सच्चाई तथा हिम्मत दुई मध्ये एउटालाई छान्नुपर्ने हुन्छ । आफ्नो रोमान्सलाई अझै मसलादार बनाउनका लागि यस खेललाई खेल्न सकिन्छ । यो खेललाई एकदमै आनन्द लिएर खेल्नुपर्दछ । गम्भीर भएर खेल्दा खेल खराब हुन सक्छ ।

सांगितीक खेल खेल्ने

संगीत वा गीत चिन्ने खेल पनि एकदमै रमाइलो हुन्छ । जसमा तपाईंले गीतको संगीत वा बोल चिन्नु पर्ने हुन्छ । यो गेम तपाईं यात्राका क्रममा वा घर तथा पार्कमा बसिरहेका बेला खेल्न सक्नुहुन्छ ।

आँखा जुधाउने

यो खेल एकदमै रोमाञ्चक हुन्छ । तपाईं यो खेल साथीहरुसँग पनि खेल्नुभएको होला । यो एकदमै रमाइलो पनि हुन्छ । तपाईं यो खेल आफ्नो पार्टनरसँग खेल्न सक्नुहुन्छ । उनको आँखामा आँखा जुधाएर खेल्नुहोस् । तपाईं पे्रमीको आँखामा डुबेर सायरी पनि भन्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved