नक्कली भुटानी शरणार्थी प्रकरणका महर्जन र गुरुङ धरौटीमा छुट्ने

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरणका महर्जन र गुरुङ धरौटीमा छुट्ने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका  १६ अभियुक्तमध्ये लक्ष्मी महर्जन र टंक गुरुङलाई  धरौटीमा छुट्ने भएका छन् ।

शुक्रबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले महर्जनलाई ५ लाख र गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

गुरुङलाई नक्कली शरणार्थी प्रकरणका नाइकेको सहयोगीको रुपमा सक्रिय रहेको अभियोग छ । लक्ष्मी हरिभक्त महर्जनकी श्रीमती हुन्  । उनलाई  पुर्पक्षका लागि कारागारमा पठाउन आदेश भएको छ ।

हरीभक्तले  लक्ष्मीका नाममा खोलेको खातामार्फत रकम लेनदेन गर्दे आएका थिए  ।

सो प्रकरणमा बाँकी १६ अभियुक्तलाई भने अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved