बच्चालाई दुधमा खजूर र बदाम राखेर खुवाउँदा फाइदै फाइदा

नेपालभ्युज

बच्चालाई दुधमा खजूर र बदाम राखेर खुवाउँदा फाइदै फाइदा

एजेन्सी । बच्चालाई दुधमा खजुर तथा बदाम राखेर खुवायो भने उनीहरुको शरीरमा पोषक तत्वहरुको कमी हुँदैन । यो मिश्रण राम्रो फ्याटको श्रोत मानिन्छ जसले बच्चाको मांसपेशीहरुको वृद्धि विकासमा पनि जोड दिन्छ । त्यस्तै शरीरसँगै  बच्चाको छालाका लागि पनि यो राम्रो हुन्छ ।

बच्चालाई दुधमा बदाम र खजूर मिसाएर खान दिँदा छालाका लागि  फाइदा हुन्छ । यसमा भिटामिन ई र एन्टीअक्सीडेन्टको मात्रा प्रसस्त हुन्छ जसले बच्चाको छालामा चाहिने पोषक तत्वको पूर्ति गर्दछ ।

अहिलेको खराब खानपानका कारणले बच्चाहरुमा हड्डीसँग जोडिएका समस्याहरु पनि देखिन थालेका छन् । यस्तो बच्चालाई दुधमा बदाम र खजूर मिसाएर पिउन दिँदा बच्चाको शरीरमा क्याल्सियमको मात्रा पुग्छ जसले हड्डीको विकास राम्रोसँग हुन्छ साथै हड्डी बलियो पनि हुन्छ ।

दुधमा खजूर र बदाम मिसाएर खाँदा पोषक तत्वहरुको कमी हुँदैन । दैनिक रातमा सुत्नुअघि बच्चालाई यस मिश्रणको सेवन गराउँदा उनीहरुको रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ । जसले गर्दा कैयौं मौसमी विरामीहरुबाट पनि बच्चाहरु जोगिन्छन् ।

त्यस्तै बिहान नास्तामा बदाम र खजूर मिसाएको दुध दिन पनि सकिन्छ । यस्तो दुध पिएर बच्चाहरु दिनभर सक्रिय रहन सक्छन् । बच्चालाई दिनभरको थकान तथा कमजोरीबाट बचाउनका लागि दैनिक यो दुध पिउन दिनु एकदमै लाभदायक हुन्छ ।

यदी बच्चाको शरीर कमजोर तथा पातलो छ भने पनि यस्तो दुध दिनु फाइदाजनक हुन्छ । बदाम र खजूरको मिश्रण भएको दुधले मांसपेशीहरु बलियो बनाउँछ र यसले बच्चाको तौल पनि तीव्र गतिमा बढ्न थाल्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved