बालेनको चेतावनीपछि ‘आदिपुरुष’ निर्माताले नै विवादास्पद वाक्यांश हटाए

नेपालभ्युज

बालेनको चेतावनीपछि ‘आदिपुरुष’  निर्माताले नै विवादास्पद वाक्यांश हटाए

काठमाडौं । भारतीय सिनेमा आदिपुरुषबाट विवादास्पद वाक्यांश हटेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिनेमामा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यांश रहेको भन्दै आपत्ती जनाएका थिए । उनले यो वाक्यांश नेपालमा मात्र नभई भारतमा समेत निर्माताबाटै हट्नुपर्ने अन्यथा काठमाडौंमा कुनै पनि भारतीय सिनेमा चल्न नदिने चेतावनी दिएका थिए ।

यसै चेतावनीलाई मध्येनजर गरेर निर्माताले सिनेमाबाटै विवादास्पद वाक्याशं हटाएका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ । अब यो वाक्यांश नेपालमा मात्र नभई विश्वभर कतै पनि सुनिने छैन ।

शुक्रबारदेखि राजधानीका हलहरुमा लाग्ने भनिएको उक्त सिनेमाले बिहीबार बेलुकी  मात्रै प्रदर्शन अनुमति पाएको थियो । फिल्ममा प्रयुक्त संवाद  ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यांश हटाएपछिमात्रै  ‘आदिपुरुष’ लाई  प्रदर्शन अनुमति दिइएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved