शब्द नसच्चिएसम्म काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने बालेनको घोषणा

नेपालभ्युज

शब्द नसच्चिएसम्म काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् ।

बिहीवार साँझ सामाजिक सञ्जालमा एक सन्देश शेयर मेयर शाहले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका हुन् ।

‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ‘ उनले लेखेका छन्,’ यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved