संसदीय सुनुवाइ समिति बैठक : प्रस्तावित प्रधानन्यायाधीश कार्कीले उजुरीबारे प्रष्टिकरण दिँदै

नेपालभ्युज

संसदीय सुनुवाइ समिति बैठक : प्रस्तावित प्रधानन्यायाधीश कार्कीले उजुरीबारे प्रष्टिकरण दिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रष्टीकरण लिने काम भइरहेको छ ।

कार्कीमाथि २९ जनाले उजुरी दिएका थिए । समितिका सदस्यहरुले उजुरीका विषयलाई लिएर कार्कीलाई प्रश्न सोधिरहेका छन् भने कार्कीले आफ्नो प्रष्टिकरण दिइरहेका छन् ।

समितिले हिजो बुधबार उजुरीकर्ताहरूसँगको छलफल सकेको थियो । कामु प्रधानन्यायाधीशसमेत रहेका कार्कीविरुद्ध २९ जनाले उजुरी दर्ता गराएका छन् ।

उनीहरूको तर्फबाट समितिले हिजो बुधबार ३ जनासँग छलफल गरेको छ । उजुरीकर्ताहरूले सबैले छलफलमा भाग लिन पाउनुपर्ने बताएपनि समिति नमानेपछि केहीले मात्रै छलफल गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved