गर्मी मौसममा लिच्ची खानुका फाइदा

नेपालभ्युज

गर्मी मौसममा लिच्ची खानुका फाइदा

एजेन्सी । गर्मी मौसममा पाइने फल मध्ये एक लिच्ची पनि हो । जो सबै उमेर समूहका मानिसलाई मन पर्छ । लिच्चीमा धेरै प्रकारका पोषक तत्वहरु पाइन्छन् । यसको सेवन गर्दा तपाईंको स्वास्थ्यलाई कैयौं प्रकारका फाइदाहरु प्राप्त हुन्छन् । आउनुहोस् जानौं यी फाइदाहरुका बारेमा– 

पाचन प्रक्रिया

लिच्चीमा एन्टी इन्फ्लामेटरी गुण हुन्छन्, जो पाचन प्रक्रियाका लागि राम्रो हुन्छ । लिच्ची  फाइबरको पनि राम्रो स्रोत मानिन्छ । यसले कब्जियतबाट पनि छुटकारा दिन्छ ।

रक्तचाप

लिच्चीमा कैयौं त्यस्ता गुणहरु पाइन्छन्, जसले रक्तचापलाई नियन्त्रण गर्ने काम गर्दछ । लिच्चीमा भरपूर मात्रामा पोटाशियम पाइन्छ, जसले रक्तचापलाई सन्तुलिन राख्न सहयोग पुर्‍याउँछ ।

स्वस्थ मुटु

यो फलम मधुमेह र एन्टी अक्सीडेन्ट स्ट्रेस लाई रोकथाम गर्न सहयोगी हुन्छ । साथमा यसले मुटुको स्वास्थ्यलाई पनि राम्रो बनाइराख्छ ।

इम्यूनिटी

लिच्ची एउटा प्राकृतिक इम्यूनिटी बुस्टर हो । यसलाई खानाले शरीरको इम्यून सिस्टम बलियो हुन्छ र रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसबाहेक लिच्ची भिटामिन सी को पनि राम्रो स्रोत मानिन्छ ।

छाला

लिच्चीमा भिटामिन ई पाइन्छ जसले गर्दा छालालाई पनि स्वस्थ र चम्किलो बनाउने काम गर्छ । भिटामिन ई ले घामबाट डढेको र छाला सुन्निने समस्यालाई पनि ठिक गर्न सक्छ ।

बोसो कम गर्ने

लिच्चीभित्र फाइबरको राम्रो मात्रा पाइन्छ । साथमा यसभित्र एन्टीअक्सीडेन्ट्स पनि हुन्छ जसले पेट वरिपरिको बोसोलाई कम गर्न सहयोग गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved