उभिएर पानी पिउँदा हुन सक्छन् नोक्सानी

नेपालभ्युज

उभिएर पानी पिउँदा हुन सक्छन् नोक्सानी

काठमाडौं । हामी प्रायः हतार हतार उभिएरै पानी पिउने गर्दछौं । तर पानी उभिएर र हतारमा पिउनु हुँदैन ।

उभिएर पानी पिउँदा यसले घुँडाहरु खराब हुन सक्छ । यो जान्न जरुरी छ कि उभिएर पानी पिउँदा घुँडालाई मात्र होइन अन्य शरीरमा पनि यसको खराब असर पर्न सक्छ ।

आज जानौं उभिएर पानी पिउँदा हुने नोक्सानीका बारेमा –

  • उभिएर पानी पिउँदा पानी फिल्टर नभईकन तीव्र गतिमा पेटको तल्लो भागमा जान्छ । यसरी पानी सिधै पित्ताशयमा जान्छ जसले गर्दा मृगौलामा नराम्रो असर पर्छ ।
  • उभिएर पानी पिउँदा पानी जोर्नीहरुमा जम्मा हुन जान्छ । जसले गर्दा हड्डीहरु कमजोर हुन थाल्छन्, फलस्वरुप युरिक एसिड हुन सक्छ ।
  • उभिएर पानी पिउँदा तरल पदार्थहरुको सन्तुलन बिग्रन्छ र शरीरमा टक्सिन बढ्छ । जसले गर्दा पाचन प्रणालीमा पनि नराम्रो असर पर्छ ।
  • त्यस्तै यसरी पानी पिउँदा फोक्सोमा पनि नराम्रो असर पर्छ । पानी एकदमै तीव्र गतिमा जान्छ जसले गर्दा फोक्सो र मुटु दुबैमा नराम्रो असर पर्छ ।
  • उभिएर पानी पिउँदा डिप्रेशन पनि बढ्न सक्छ । यसको असर नर्वस सिस्टममा पर्न सक्छ । यसले शरीरमा डिप्रेशनका लक्षण देखिन थाल्छन् ।
  • उभिएर पानी पिउँदा शरीरमा एसिडको मात्रा कम हुँदैन । त्यसैले पानी सधैं आरामसँग बसेर पिउने गर्नु पर्दछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved