विचार मिल्ने पार्टीसँग एकता गर्दै समाजवादी मोर्चा बनाउने नेसपाको निर्णय

नेपालभ्युज

विचार मिल्ने पार्टीसँग एकता गर्दै समाजवादी मोर्चा बनाउने नेसपाको निर्णय

काठमाडौं । नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्र लगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीहरूसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।

पार्टीको विहीबारबाट भक्तपुरमा दुई दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ समाजवादी शक्तिको अपरिहार्य भएकोमा जोड दिए ।

समाजवादी केन्द्र/ध्रुव निर्माणका लागि समाजवाद केन्द्रित कार्यक्रमसहित माओवादी पार्टीलाई एकताका लागि वार्ता समितिले प्रस्तुत गरेको प्रस्तावको औपचारिक जवाफ आएपछि पार्टीले थप निर्णय लिने प्रचार विभाग प्रमुख पाण्डेले बताए ।

बैठकले पार्टीका अध्यक्ष र सहध्यक्षले प्रस्तुत गरेको प्रस्तावमाथि व्यापक छलफल गरी एकमतले पारित गरेको पनि पाण्डेले जानकारी दिए ।

बैठकले असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved