एजेन्सी । शिल्पा शेट्टी प्राय नयाँ नयाँ योगालाई लिएर चर्चामा आइरहन्छिन् । आफूलाई फिट राख्न उनले योगमा एकदमै विश्वास राख्छिन् ।
आउनुहोस् जानौं शिल्पा शेट्टी फिट रहनका लागि कुन कुन योगासन गर्छिन् ।
नौकासन
यो योग गर्नाले शरीरमा लचिलोपन आउनुका साथै हड्डीहरु पनि बलियो हुन्छन् ।
भुजंगासन
भुजंगासनले शरीरको लचकतालाई बढाएर कम्मरको दुखाई, ढाडको दुखाई तथा घाँटीमा हुने दुखाईलाई कम गर्दछ ।
धनुरासन
लचिलो र बलियो शरीर बनाउनका लागि नियमित रुपमा धनुरासन गर्न सकिन्छ । यो योग गर्दा मांसपेशी बलियो हुनुका साथै पेट वरिपरिको बोसो पनि सजिलै कम हुन्छ ।
बालासन
बालासन गर्दा हड्डी, जोर्नी तथा कम्मर आदिको दुखाईमा एकदमै राहत पाउन सकिन्छ । यस आसनलाई गर्नाले रगत सर्कुलेशन बढ्छ र तनाव कम हुन्छ ।
सूर्य नमस्कार
शिल्पालाई सूर्य नमस्कार गर्न पनि एकदमै मन पर्छ । यस आसनले स्वास्थ्यसँग जोडिएका कैयौं समस्याका लागि रामवाण जसरी काम गर्छ । यो गर्दा पाचन क्रिया राम्रो हुनुका साथै थकान र आलस्य पनि कम हुन्छ ।
शलभासन
शलभासन गर्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसले ढाडको हड्डी बलियो हुनुका साथै शरीरको लचिलोपन पनि बढ्छ ।
सावधानी
यदि तपाईंलाई हड्डीसँग जोडिएको समस्या जस्तै अर्थराइटिस, ओस्टियोअर्थराइटिस वा स्पान्डिलाइटिस छन् भने यस्ता आसनहरु गर्नु हुँदैन ।
Facebook Comment
Comment