नरिवलको तेल र मेथीले कपाल बनाउनुहोस् बलियो र लामो

नेपालभ्युज

नरिवलको तेल र मेथीले कपाल बनाउनुहोस् बलियो र लामो

एजेन्सी । कपालको लम्बाई बढाउनका लागि र बाक्लो बनाउनका लागि नरिवलको तेलसँग मेथी मिसाएर प्रयोग गर्नु एकदमै फाइदाजनक हुन्छ ।

मेथी र नरिवलको तेलमा पाइने तत्वहरुले कपाललाई पोषण प्रदान गर्छन् र कपालका साथ साथ स्काल्पमा हुने समस्याहरुबाट पनि छुट्कारा पाउन सकिन्छ ।

१. कपाललाई बलियो बनाउँछ

कपाललाई बलियो बनाउनका लागि नरिवलको तेलसँग मेथीको प्रयोग एकदमै फाइदाजनक हुन्छ । नरिवल र मेथीमा हुने गुणले कपाललाई जरैदेखि बलियो बनाउँछ । यसलाई हप्तामा दुईपटक कपाल तथा टाउकोमा लगाउन सकिन्छ ।

२. कपाललाई कालो बनाउँछ

आजको समयमा कपाल समय अघि नै फुल्ने वा सेतो हुने समस्या धेरै नै सामान्य जस्तो भइसकेको छ । कपाललाई कालो राख्नका लागि नरिवलको तेल र मेथीको प्रयोग एकदमै फाइदाजनक हुन्छ । कपाल तथा स्काल्पमा नरिवलको तेलमा मेथी मिसाएर मसाज गर्नाले एकदमै फाइदा हुन्छ ।

३. कपाल झर्न रोक्छ

कपाल झर्ने समस्याका लागि पनि नरिवलको तेल र मेथीलाई एकसाथ प्रयोग गर्नु राम्रो हुन्छ । नरिवलको तेल र मेथीमा पाइने विभिन्न भिटामिन तथा अन्य पोषक तत्वहरुले कपाललाई झर्नबाट रोक्छन् र यसलाई बाक्लो बनाउन सहयोग गर्छन् ।

त्यसैले यदी कपाल झर्ने समस्या छ भने आजैदेखि यसको प्रयोग गर्न शुरु गर्नुहोस् ।

४. चायाँबाट छुट्कारा

चायाँको समस्यामा पनि नरिवलको तेल एकदमै फाइदाजनक हुन्छ । साथै नरिवलको तेलमा मेथी मिसाएर कपाल तथा टाउको मसाज गर्दै लगाउँदा यसले छिट्टै नै चायाँको समस्या कम हुन्छ ।

प्रयोग गर्ने विधि

नरिवलको तेल र मेथी कपालमा लगाउनका लागि सर्वप्रथम आवश्यक अनुसार नरिवलको तेललाई एउटा भाँडोमा तताउने र त्यसमा मेथीलाई राखेर कालो हुँदा सम्म तेलमा तताउने ।

अब मनतातो भएपछि उक्त तेललाई लगाउन सकिन्छ । यसलाई हप्तामा दुई पटक वा कपाल धुनु अघि लगाएर मसाज गर्न सकिन्छ । यसलाई नियमित गर्नुभयो भने नतिजा आफै देख्नुहुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved