काठमाडौं । ललितपुरको महांकाल गाउँपालिका वडा नम्बर ३ मा आपसी विवाद हुँदा खुकुरी प्रहार भएको छ । उक्त घटनामा तीन जना घाइते भएका छन् भने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उक्त घटनामा घाइते हुनेहरुमा बर्दियाको मधुवन नगरपालिका–२ २ का सुनिल थारु, ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–२ का सुजेन लामा र सोही ठाउँका रमेश लामा रहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्नेमा ललितपुर महानगरपालिका महांकाल गाउँपालिकाका स्थानीय रहेको बताइएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा महांकाल गाउँपालिका–४ का सुमन घलान, सोही गाउँपालिका ५ का अनिस बजगाईं, सोही ठाउँका नविन वाइवा रहेका छन् । यस्तै, महांकाल १ का विनोद न्यासुर, वडा नम्बर ८ शौरभ विक, ५ को विजय वाइवा, सोही आशिस बजगाईं, छिरिङ स्याङतान र वडा नम्बर ४ को प्रकाश घलान रहेका छन् ।
Facebook Comment
Comment