रोकिएको गाडीलाई ‘हावाले गुडायो’, ६ जनाको मृत्यु

नेपालभ्युज

रोकिएको गाडीलाई ‘हावाले गुडायो’, ६ जनाको मृत्यु

एजेन्सी। भारत ओडिशाको जाजपुर रोड रेलवे स्टेशन नजिकै पार्किङ गरी राखिएको मालगाडीको ठक्करबाट ६ जना मजदुरको मृत्यु भएको छ ।

रेल प्रयोग हुने यो मालगाडीमा कुनै इन्जिन थिएन र यो सुरक्षा ट्र्याकमा उभिएको थियो। तर हावाहुरी र वर्षाका कारण गुड्न थालेको रेलवेले जनाएको छ । घटनाको समयमा ठूलो पानी परिरहेको थियो। वर्षाबाट बच्न मजदुरहरू रेलमुनि बसिरहेका थिए ।

उक्त दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।

ईस्ट कोस्ट रेलवेका प्रमुख जनसम्पर्क अधिकारी विश्वजित साहुले बीबीसीलाई भने- ‘यो दुर्भाग्यपूर्ण घटना हो। घटनाको पूर्ण छानबिन हुनेछ ।’ हावाहुरी र भारी वर्षाका कारण इन्जिनविनाको ‘मनसुन रिजर्भ’ नामक मालगाडी सर्न थालेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved