फलफूलबाट यसरी बनाउनुहोस् छालामा चमक ल्याउने मास्क

नेपालभ्युज

फलफूलबाट यसरी बनाउनुहोस् छालामा चमक ल्याउने मास्क

एजेन्सी। फलफूल खाँदा मात्र होइन, अनुहारमा लगाउँदा पनि छालामा उत्तिकै चमक ल्याउन सकिन्छ । त्यसैले, तपाईं सजिलो तरिकाले फलफूल मास्क बनाएर आफ्नो छालामा लगाई प्राकृतिक चमक पाउन सक्नुहुन्छ ।

केरा

केरामा कैयौं पोषक तत्त्व पाइन्छन्, जो छालाका लागि एकदमै फाइदाजनक हुन्छ । त्यसैले, केरालाई मिचेर एक चम्चा मह र कागतीको रस मिसाएर केहीबेर अनुहारमा लगाउनुहोस् ।

सुन्तला

सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाउनुहोस् । उक्त पाउडरमा दही मिसाएर पेस्ट बनाएर २० मिनेटसम्म लगाउनुहोस् जुन चिल्लो धेरै हुने छालाका लागि  एकममै फाइदाजनक हुन्छ ।

एभोकाडो

एभोकाडोलाई मिचेर यसमा दही र मह मिसाएर आफ्नो अनुहारमा लगाउनुहोस् । पोषक तत्त्वहरूले भरपूर एवोकाडोको यो मास्क तपाईंको छालाका लागि प्राकृतिक चमक बढाउन सहयोगी हुन्छ ।

काँक्रो

आफ्नो छालालाई प्राकृतिक रूपमा हाइड्रेट राख्नका लागि काँक्रा लगाउनुहोस् । काँक्राको जुसमा काँचो दूध मिसाएर अनुहारमा केहीबेर लगाउनुहोस् । सुकेपछि अनुहार सफा पानीले धुनुहोस्।

मेवा

पाकेको मेवालाई मिचेर दही र आधा चम्चा मह मिसाएर एउटा पेस्ट तयार गर्नुहोस् । यस पेस्टलाई आधा घण्टाका लागि अनुहारमा लगाउँदा छाला स्वस्थ तथा हाइड्रेट हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved