एजेन्सी । बच्चा जब रुन्छन् वा कुनै चिजका लागि जिद्दी गर्छन् । प्राय अभिभावक उनीहरुसँग छुट्कारा पाउनका लागि मोबाइल वा कुनै विद्युतीय उपकरण थमाइदिन्छन् ।
यस्तो ट्रेन्ड हिजोआज निकै आम भएको छ । यसले बच्चा शान्त त हुन्छ तर लामो समय स्क्रीनको अगाडि बिताउँदा लत लाग्ने गर्छ ।
संसारभर भएका धेरै रिसर्चहरुका अनुसार बच्चालाई फोन थमाईदिँदा उनीहरुको मानसिक विकास प्रभावित हुन्छ ।
यति मात्र होइन एक रिपोर्टअनुसार ग्याजेट्स तथा धेरै टिभी हेर्ने लतले बच्चाको भविष्य नै खराब गर्न सक्छ । यसले उनीहरुमा भर्चुअल अटिज्मको खतरा बढिरहेको छ ।
के हो भर्चुअल अटिज्म
भर्चुअल अटिज्मका लक्षण आमरुपमा चार देखि पाँच वर्ष उमेरका बच्चामा देखिन्छन् । यस्तो प्राय उनीहरुको मोबाइल फोन, ल्यापटप तथा टिभी जस्ता विद्युतीय उपकरणको लतले गर्दा हुन्छ ।
स्मार्टफोनको धेरै भन्दा धेरै प्रयोग, ल्यापटप तथा टिभीमा लामो समय बिताउने गर्दा बच्चालाई बोल्न समस्या तथा समाजसँग दुरी, मानिसका बीचमा कुराकानी गर्न समस्या हुने हुन्छ ।
धेरै नै विद्युतीय उपकरणहरुको प्रयोगले बच्चाहरुको आईक्यूमा समेत प्रभावित गर्दछ । उनीहरुले सोंच्ने तथा दिमागलाई आफ्नै ढंगले प्रयोग गर्न पाउँदैनन् । यदी तपाईं मोबाइल तथा अन्य उपकरणको सहयोगमा बच्चालाई पढाइरहेको छु भन्ने ठान्नुहुन्छ भने त्यो पनि गलत हो । यसले बच्चालाई उपकरणको लत लाग्छ ।
भर्चुअल अटिज्मबाट पीडित बच्चाहरु अरुसँग कम कुराकानी गर्छन् । आँखा जुधाउँदैनन्, उनीहरुमा बोल्ने क्षमताको विकास पनि ढिला हुन्छ । उनीहरुलाई अन्य मानिसहरुसँग घुलमिल हुन पनि समस्या हुन्छ र उनीहरुको आईक्यू पनि कम हुन्छ ।
साइकोलोजिस्ट डाक्टरहरुका अनुसार यदी कोही बच्चामा यस्ता खालका संकेतहरु देखिए भने कत्ति पनि ढिला नगरी बच्चाको उपचारमा लाग्नु पर्छ । उनीहरुलाई अतिरिक्त रेखदेख तथा उपचारको आवश्यकता हुन्छ ।
कैयौं प्रकारका थेरापीको सहयोगले आमाबुवाले आफ्ना बच्चालाई राम्रो ढंगले बुझ्न सक्छन् र उनीहरुलाई ठिक हुन सहयोग गर्न सक्छन् ।
Facebook Comment
Comment