कसैको विरोध गरेर पार्टी बलियो बन्दैन : सभापति देउवा

नेपालभ्युज

कसैको विरोध गरेर पार्टी बलियो बन्दैन : सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्।

आज नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन्। उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने धारणा राखे।

सभापति देउवाले आफू सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै उनले अब युवा पुस्ताकै पालो भएको बताए।

उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे। देउवाले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाई जनसम्पर्क विस्तार गर्नुपर्ने पनि बताए । सभापति देउवाले सबै एकजुट भएर लागे मात्रै पार्टीलाई बलियो बनाउन सकिने धारणा राखे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved