नक्कली भुटानी शरणार्थी

टोपबहादुर मुख्य योजनाकार हुन् : टेकनाथ रिजाल

नेपालभ्युज

टोपबहादुर मुख्य योजनाकार हुन् : टेकनाथ रिजाल
टेकनाथ रिजाल

काठमाडौं। भुटार्नी शरणार्थी नेता टेकनाथ रिजालले नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई योजनाकार रहेको बताएका छन् ।

उनले अदालतमा दिएको बयानमा सानु र केशव नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताएका छन् । आफूले केपी ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौं ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्‍याएको उनको बयान छ ।

रायमाझीसँग भएको कुराकानी क्लियर नभएपछि प्रचण्ड कहाँ लगेको भन्दै उनले भने, ‘प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दुलाल पुगेका थियौं ।’

भेटमा रायमाझीले सानु र केशवलाई प्रचण्डसँग चिनजान गराएको र आफूले भुटानी शरणार्थी व्यवस्थापनका सम्बन्धमा कुराकानी गर्न आएको भन्दै उनले भने, ‘प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नुहोला । सम्बोधन हुनसक्ने भए समाधान गर्नु भन्नुभयो ।’

रिजालले बयानमा  उक्त भेटपछि सानु र केशवमाथि शंका लागेको भए पनि उनीहरूले भनेजस्तो आफ्नो रोकिएको सुविधान पनि सुचारु भएको र भुटानी शरणार्थीबारे निर्णयहरू हुन थालेको , त्यसपछि उनीहरूले भने जस्ता काम हुने रहेछ भन्ने लागेको भन्दै  टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved