माओवादीले निर्माण गरेको शहीदगेट भत्काइयो

नेपालभ्युज

माओवादीले निर्माण गरेको शहीदगेट भत्काइयो

काठमाडौं। नेकपा माओवादी केन्द्रले निर्माण गरेको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको शहीदगेट भत्काइएको छ ।

मुग्लिन–पोखरा पृथ्वीराजमार्ग विस्तार गर्नेक्रममा शहीदगेटले बाटो फराकिलो बनाउन अवरोध भएपछि मंगलबार बिहान उक्त शहीदगेट भत्काइएको हो । माओवादी १० वर्षे जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि यस्तैखाले सहिद गेट देशैभर निर्माण गरेको थियो। जहाँ जनयुद्धका सहित तथा बेपत्ताका नाम उल्लेख छन्।

पोखरादेखि मुग्लिनसम्मको सडक विस्तार गर्दा दमौली बजारको पूर्वी क्षेत्रमा रहेको दमौली प्रवेश गर्ने ठाउँको यो शहीदगेटमा तनहुँ जिल्लामा जनयुद्धकालीन समयमा सहादत प्राप्त गरेका शहीदको विवरण लेखिएको थियो ।

अहिले सडक विस्तारको काम भइरहेको र मुग्लिन–पोखरा सडकखण्डलाई पनि चार लेनमा विस्तार गर्न थालिएको। मुग्लिनबाट पोखरासम्मको खण्डलाई दुई भागमा ठेक्का सम्झौता गरी काम भइरहेको हो। यो सडक विस्तारको काम सकिएपछि पोखरासम्मको यात्रा सहज र छिटो हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved