महिला टी–२० सिरिज : मलेसियामाथि नेपालको जित

नेपालभ्युज

महिला टी–२० सिरिज : मलेसियामाथि नेपालको जित

काठमाडौं। मलेसियाविरुद्धको टी–२० सिरिजमा नेपाली महिला टोलीले जित हासिल गरेको छ। मलेसियामा मङ्गलबार भएको दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको हो।

९७ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा कप्तान रुबिना क्षेत्रीले २९ र कविता कुँवरले २६ रनको योगदान गरे।

टस जितेर ब्याटिङ रोजेको मलेसियाले पूरै ओभर खेल्दा ५ विकेट क्षतिमा ९६ रन बनायो। मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले २८ र विनीफ्रेदले २० रन जोडिन्। नेपालको लागि रुबिनाले २ तथा कविता कुँवर र इन्दु बर्माले १–१ विकेट लिए।

यससँगै ५ खेलको टी–२० सिरिज १–१ को बराबरीमा पुगेको छ। सोमबार भएको खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो।  मलेसिया र नेपालबीच तेस्रो खेल बिहीबार हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved