काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोडेर विवाद गर्नु राम्रो नभएको बताएका छन्।
प्रधामन्त्रीले शनिबार संसदमा जलहरीबारे प्रष्टिकरण दिएका हुन् । शुक्रबार माओवादी सांसद लेखनाथ दाहालले दिएको जलहरीसम्बन्धि अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरेको थियो ।
शनिबार संसदको बैठक सुरु हुनासाथ समय लिएर बोलेका प्रधानमन्त्री प्रचण्डले जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको भएको र यसमा कुनै विवाद नभएको बताए ।
त्यसअघि भएको बैठकमा प्रधानमन्त्रीले जलहरी विवादबारे एमाले अध्यक्ष ओलीलाई नजोड्ने र संसदबाटै त्यसबारे प्रष्टिकरण दिने सहमति भएको थियो ।
सहमतिपछि एमालेले बैठक चल्न दिएको थियो भने प्रधानमन्त्रीले जलहरीमा एमाले अध्यक्ष ओलीलाई जोड्न नहुने बताएका थिए ।
Facebook Comment
Comment