साँझ ६ बजे बस्ने भनिएको संसद बैठक पुन: स्थगित

नेपालभ्युज

साँझ ६ बजे बस्ने भनिएको संसद बैठक पुन: स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आज साँझ ६ बजे बस्ने भनिएको बैठक पुन: स्थगित भएको छ । बैठक शनिबार ४ बजे बस्ने गरी स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ । यसअघि दिउँसो ३ बजे बस्ने भनी निर्धारण गरिएको बैठक पुनःअर्काे सूचना टाँस गरी ६ बजेका लागि निर्धारण गरिएको थियो ।

बैठक शनिबार ४ बजेको लागी निर्धारण गरिएको संसद् सचिवालयले सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरुद्ध गरेपछि अपराह्न १२ः४५ बजे २० मिनेटका लागि स्थगित गरिएको थियो । सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी विशेष कारणवश बैठक बस्ने समय परिवर्तन भएको जनाएको थियो ।

आजै बसेको अघिल्लो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।

बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथको जलहरीमा सुनको सट्टा पित्तल लगाइएको र भ्रष्टाचार भएको भनी नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसबारे सरकारको स्पष्ट जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताएका थिए ।

सभामुख घिमिरेले आसनग्रहण गर्न पटकपटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदहरूले रोष्ट्रम घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved