विप्लव माओवादीको केन्द्रीय समिति बैठक कपिलवस्तुमा

नेपालभ्युज

विप्लव माओवादीको केन्द्रीय समिति बैठक कपिलवस्तुमा

काठमाडौं। विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुको शिवगढीमा बसिरहेको छ । बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठकले गर्ने निर्णयबारे चासो छ ।

यसअघि सो पार्टीको स्थायी समिति बैठक काठमाडौंमा बसेको थियो। तर,पार्टी केन्द्रीय कार्यालय नै कपिलवस्तुमा भएकोले पोलिटब्युरो र केन्द्रीय समिति बैठक त्यही राखिएको हो।

बैठक शनिबारसम्म चल्नेछ ।‘पार्टीको यो बैठक विशेष छ’ पार्टीका एक नेता भन्छन्–‘स्थायी समिति र पोलिटब्युरो बैठकले गरेका निर्णयपछि केन्द्रीय समिति बस्नुको अर्थ केही नयाँ हुनु हो।’

केन्द्रीय समिति बैठकमा कर्णजीत बुढाथोकी नेतृत्वको पार्टी एकता अनमोदनसहित अन्य राजनीतिक विषयमा समेत छलफल गर्ने र माओवादीसँगको एकताबारे पनि चर्चा हुने बुझिएको छ।

पार्टी महासचिव विप्लवले केही दिनअघि फेसबुक लाइभमा आएर अन्तर्क्रिया गरेका थिए । सो लाइभमा अधिकांशले माओवादी केन्द्रसँग एकता गरेर जान विप्लवलाई अनुरोध गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved