काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबले सातदोबाटो यूथ क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा फ्रेन्ड्सले सातदोबाटोलाई ४-० को फराकिलो गोलअन्तरले पराजित गरेको हो। फ्रेन्ड्सको लागि टोरिक जेब्रिन, राफिक अमिनु र प्रकाश बुढाथोकीले गोल गरे।
खेलको पहिलो मिनेटमा नै राफिकले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए। ४४ औँ मिनेटमा प्रकाशले फ्रेन्ड्सको लागि दोस्रो गोल गरे। ८७ औँ मिनेटमा टोरिकले फ्रेन्ड्सको लागि तेस्रो गोल गरे। ९० औँ मिनेटमा टोरिकले फ्रेन्ड्सको लागि चौथो गोल गरे।
यससँगै, फ्रेन्ड्सले २१ खेलबाट २४ अंक जोडेको छ भने सातदोबाटोले २९ अंक जोडेको छ। फ्रेन्ड्स १२ औँ स्थानमा छ भने सातदोबाटो चौथो स्थानमा छ।
यस्तै, च्यासल रंगशालामा भएको मनाङ मस्याएङ्दी क्लब र चर्च ब्वाईज युनाईटेड क्लबबीचको खेल भने गोलरहित बराबरीमा सकियो। पर्याप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा दुवै टोलीले १–१ अंकमा चित्त बुझाउन पर्यो ।
यससँगै चर्च ब्वाइजले २१ खेलबाट ३८ अंक जोडेको छ। मनाङले भने २५ अंक जोडेको छ। चर्च ब्वाईज शीर्ष स्थानमा छ भने मनाङ ११ औँ स्थानमा छ।