नेपालमा एआई कोर्ष सञ्चालन गर्दै सामसङ, पुल्चोक क्याम्पसमा हुने

सामसङले नेपाली विद्यार्थीका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष सञ्चालन गर्ने भएको छ। इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको पुल्चोक क्याम्पसमा एआई कोर्ष सञ्चालन गर्न लागेको हो।

नेपालभ्युज

नेपालमा एआई कोर्ष सञ्चालन गर्दै सामसङ, पुल्चोक क्याम्पसमा हुने

काठमाडौं। सामसङले नेपाली विद्यार्थीका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष सञ्चालन गर्ने भएको छ। इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको पुल्चोक क्याम्पसमा एआई कोर्ष सञ्चालन गर्न लागेको हो।

यसअघि सामसङले नेपाली युवालाई एआईसँगै बिग डेटा, कोडिङ तथा प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स (आईओटी) जस्ता विषयमा तालिम दिएको थियो।

कम्पनीले आफ्नो ग्लोबल सीएसआर कार्यक्रम ‘सामसङ इनोभेसन क्याम्पस’ अन्तर्गत त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको पुल्चोक क्याम्पसमा एआई कोर्ष सञ्चालन गर्न लागेको हो। \

संस्थानका डीन प्राडा. शशिधरराम जोशीका अनुसार एआई सम्बन्धीको यो कार्यक्रम छोटो अवधिको हुनेछ। त्यस्तै यो कोर्ष बजारमुखी र  विशिष्ट हुने पनि उनले बताए।

यो कोर्षमा त्रिविका शिक्षकबाहेक उद्योगमा काम गरेका जनशक्तिले अध्यापन गराउनेछन्।

सामसङले इन्जिनियरिङ अध्ययन संस्थानको हलमा बिहीबार एक कार्यक्रम गरेर यसबारे थप जानकारी दिने भएको छ।
त्योसँगै कम्पनीले सामसङ इनोभेसन क्याम्पस अन्तर्गत विभिन्न विषयको तालिममा सहभागी भएकालाई प्रमाणपत्र वितरण गर्दैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved