काठमाडौं। सामसङले फोन तथा ट्याब्लेटहरूमा नयाँ बायोमेट्रिक डिस्प्ले प्रविधि सार्वजनिक गरेको छ । प्रविधिको दिग्गज कम्पनीले यसलाई सेन्सर ओएलईडी डिस्प्ले नाम दिएको छ ।
तपाईंले स्क्रिनको जुनसुकै भागमा छुँदा पनि यसले फिङ्गरप्रिन्ट पढ्न सक्छ । अमेरिकाको लस एन्जलसमा आयोजित ‘एसआईडी डिस्प्ले विक’का क्रममा कम्पनीले यस्तो डिस्प्ले प्रस्तुत गरेको हो ।
हाल अधिकांश स्मार्टफोनहरूको स्क्रिनमा फिङ्गरप्रिन्ट रिडर हुने गर्छ । ती फोनहरूको प्यानलभित्र छुट्टै मोड्युलको रूपमा सेन्सर राखिएको हुन्छ, जसले सानो निर्धारित क्षेत्रमा मात्रै काम गर्छ ।
नयाँ सेन्सर ओलेडको हकमा भने प्यानलमै फिङ्गरप्रिन्ट सेन्सर मिलाइएको सामसङले उल्लेख गरेको छ । कम्पनीका अनुसार स्क्रिनको जुनसुकै भागले फिङ्गरप्रिन्ट पढ्न सक्ने भएपछि यसबाट मानिसको मुटुको चाल र रक्तचाप समेत मापन गर्न समेत सकिनेछ ।
Facebook Comment
Comment