२२ सदस्यीय पिकलबल टोली भारत प्रस्थान

नेपालभ्युज

२२ सदस्यीय पिकलबल टोली भारत प्रस्थान

काठमाडौं। भारतको सिक्किममा आयोजना हुन लागेको पिकलबल खेलमा सहभागी हुन १५ खेलाडीसहित २२ सदस्यीय नेपाली टोली भारत प्रस्थान गरेको छ । नेपाली टोलीले जेठ १३ र १४ गते भारतको  सिक्किममा आयोजना हुने ‘सिक्किम ओपन पिकलबल च्याम्पियनसिप’ मा सहभागिता जनाउनेछ ।

नेपाली टोलीलाई एक कार्यक्रमबीच पिकलबल एसोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारी र विशाल मिलन केन्द्रका अध्यक्ष हरि अधिकारीले शुभकामनासहित जर्सी हस्तान्तरण गरेर बिदाइ गरे । न्युलक्ष्मी ज्वेलर्स यूके र थ्रेड गार्मेन्टले खेलाडीलाई जर्सी तथा खेल सामाग्री सहयोग गरेका छन् ।

विश्वव्यापीरूपमा लोकप्रिय बन्दै गएको ‘पिकलबल’ खेल पछिल्लो समय नेपालमा पनि लोकप्रिय बन्दै गएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved