पेटको बोसो घटाउने पेय पदार्थ

नेपालभ्युज

पेटको बोसो घटाउने पेय पदार्थ

एजेन्सी । गलत खानपान तथा शारीरिक क्रियाशिलताको कमीले शरीरमा बोसो जम्मा हुन थाल्छ । जसले गर्दा शरीरको आकार नै परिवर्तन हुन्छ ।

शरीरमा बोसो धेरै हुन थाल्यो भने शरीरिक बनावट नै नराम्रो देखिन्छ । यदि तपाईं पनि आफ्नो पेटमा जम्मा भएको बोसो कम गर्न चाहनुहुन्छ भने केही पेय पदार्थको सेवन गर्नुहोस् जसले फाइदा पुग्न सक्छ ।

एप्पल साइडर भेनेगर

दैनिक तीन चम्चा एप्पल साइडर भेनेगरलाई एक गिलास पानीमा घोलेर पिउँदा तपाईंको पेटमा जम्मा भएको बोसो कम हुन सक्छ । यसले शरीरको मेटाबोलिज्म बढाउँछ जसले गर्दा तौल कम गर्न सहयोग पुग्दछ ।

ग्रीन टी

ग्रीन टीले पनि मेटाबोलिज्म बढाउने काम गर्दछ । यसलाई पिउँदा तीव्र गतिमा शरीरको फ्याट कम हुन थाल्छ । त्यसैले बिहानको समयमा अन्य चिया पिउनु भन्दा ग्रीन टी पिउनु फाइदाजनक हुन्छ ।

जीराको पानी

जीराको पानीले रोग प्रतिरोधात्मक क्षमताका साथै मेटाबोलिज्म पनि बढाउँछ । यसको सहयोगले पनि तपाईं एकदमै छिटो पेटमा जम्मा भएको बोसो कम गर्न सक्नुहुन्छ ।

दालचीनी र मह

दालचीनी र महको पानीले पनि तपाईंको पेटमा जम्मा भएको बोसो कम गर्न सकिन्छ । यसमा पाइने एन्टीअक्सीडेन्टले तपाईंको तौल कम गर्न सहयोग पुग्दछ ।

सोंफको पानी

सोंफको पानीले पनि तौल कम गर्नुका साथै पेटमा जम्मा भएको बोसो कम गर्न सहयोग गर्दछ । रातमा सोंफलाई पानीमा भिजाएर राख्ने र बिहान यो सेवन गर्नुपर्दछ ।

कागती पानी

कागती पानीमा एन्टीअक्सीडेन्ट तथा फाइबर भरपूर मात्रामा पाइन्छ । जसले पेटमा जम्मा भएको बोसो कम गर्न सहयोग पुग्दछ । यसलाई दैनिक सेवन गर्नु फाइदाजनक हुन्छ ।
मेथी पानी

मेथी पानीको सेवनले शरीरको मेटाबोलिज्मलाई बुस्ट गर्दछ । त्यसैले यसलाई दैनिक सेवन गरेमा पेट वरिपरि जम्मा भएको बोसो छिटै कम हुँदै जानेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved