नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न बामदेवको माग

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न बामदेवको माग

काठमाडौं । राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

सांसद गौतमले सो प्रकरण ज्यादै ठूलो अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न जोकोहीलाई पनि नियम र कानुन बमोजिम कारबाही गर्नुपर्ने बताएका हुन् । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले २०४७ सालयता भएका मन्त्री र उच्च प्रदस्थ कर्मचारीहरुको पनि सम्पत्ति छानविन गरी भ्रष्टमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद गौतमले सरकारले सो प्रकरणको दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै धन्यवाद समेत दिए । ‘त्यो ज्यादै ठूलो अपराध हो । त्यसलाई नियम र कानुन बमोजिम कारबाही हुनुपर्छ । कारबाही गर्ने प्रक्रिया सुरु भएको छ । सरकारलाई म धन्यवाद दिन्छु । यसैगरी सबैजसो भ्रष्टाचारजन्य विषयहरु विभिन्न किसिमका उठेका छन’ उनले भने, ‘२०४७ सालदेखि आजसम्म मन्त्रीमण्डलमा रहेका व्यक्तिहरु, उच्च पदस्थ कर्मचारीहरु, त्योसँग सम्बन्धित रहेका अन्य व्यक्तिहरु सबैको सम्पत्तिको छानविन गर्नु पर्दछ र गल्ती गर्नेलाई कारबाही गर्नु पर्दछ ।’

सांसद गौतमले भ्रष्टाचारजन्य गतिविधिबारे उठेका विषयहरुको छानविन गर्न सरकार पछि पर्न नहुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved