काभा भलिबल : भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता

नेपालभ्युज

काभा भलिबल : भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता

काठमाडौं।  एनएससी–काभा भलिबल महिला च्यालेन्ज कपमा नेपाल भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा बुधबार भएको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भएको हो । भारत समुह विजेता र नेपाल उपविजेता बनेका छन् ।

दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका थिए । रोमाञ्चक खेलमा नेपालले पहिलो २ सेट गुमाए पनि तेस्रो सेटमा जित पुनरागमन गरेको थियो । तर, चौथो सेटमा निकै प्रतिस्पर्धाका बीच नेपाल पराजित भयो ।

भारतले पहिलो सेट २५-१२ र दोस्रो सेट २५-२१ ले जितेको थियो । तेस्रो सेट नेपालले २५–२१  अंकले आफ्नो पक्षमा पार्‍यो । तर चौथो सेटमा नेपाल २५–२१ ले पराजित भयो।

शुक्रबार हुने सेमिफाइनलमा भारत र उज्वेकिस्तान तथा नेपाल र कजाकस्तानबीच प्रतिस्पर्धा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved