काभा महिला भलिबल च्यालेन्ज कप : नेपालले आज भारतसँग खेल्दै

नेपालभ्युज

काभा महिला भलिबल च्यालेन्ज कप : नेपालले आज भारतसँग खेल्दै

काठमाडौं। एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा आज बुधबार नेपालले भारतसँग खेल्दैछ ।

खेल दिउँसो ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा हुनेछ । समूह ए बाट दुवै टोलीले कीर्गिस्तान र बंगलादेशलाई हराएर सेमिफाइनल यात्रा पक्का गरिसकेका छन् । आजको खेल जित्ने टोली समूह विजेता बन्नेछ ।

किर्गिस्तान र बङगलादेश समूह चरणबाट बाहिरिएका छन् । किर्गिस्तान र बङगलादेशबीचको विजेता समूहमा तेस्रो हुनेछ ।

प्रतियोगितामा ८ टोली सहभागी छन् । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् । त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन्।

राउन्ड रोविन लिगपछि शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved