यस्तो गल्तीले सनस्क्रीन लगाउँदा पनि हुन सक्छ ट्यानिंग

नेपालभ्युज

यस्तो गल्तीले सनस्क्रीन लगाउँदा पनि हुन सक्छ ट्यानिंग

एजेन्सी । गर्मीको मौसम शुरु भएसँगै घामको खराब किरणहरुबाट छालालाई जोगाउनका लागि सनस्क्रीनको प्रयोग धेरै गर्नुपर्ने हुन्छ । तर सनस्क्रीन लगाउने बेलामा गरिने सानो सानो गल्तीले यसको छालामा कुनै असर नहुन पनि सक्छ । जसले गर्दा घामले छालालाई जोगाउनुको सट्टा झनै डढाउने समस्या पनि निम्तिन सक्छ । जानौं यसबारे विस्तारमा

कम मात्रा लगाउनु

प्रायः मानिसहरु शरीरमा कम मात्रामा सनस्क्रीन लगाउने गर्दछन् । तर शरीरको उक्त भागमा राम्रो मात्रामा सनस्क्रीन लगाउनु पर्दछ जो भागमा सूर्यको सिधा किरण पर्दछ ।

बादल वा पानी पर्दा नलगाउने
कतिपय व्यक्तिले बादल लागेको बेला वा पानी परिरहेको बेला सनस्क्रीन लगाउँदैनन् । यसो गर्दा पनि दिनको समयमा घामका खराब किरणहरु तपाईंको शरीरमा आउने गर्दछन् । त्यसैले जस्तोसुकै दिन पर्दा पनि सनस्क्रीन लगाउनु अनिवार्य हुन्छ ।

एसपीएफ हेर्ने

कतिपय व्यक्तिले सनस्क्रीन लगाउने तर आफ्नो छालाअनुसार सनस्क्रीनको एसपीएफलाई ध्यान दिँदैनन् । तर सही एसपीएफ भएन भने छालामा राम्रो असर गर्दैन जसले गर्दा छाला ट्यानिंग हुन सक्छ ।

सही तरिकाले नलगाउनु

कतिपयले सनस्क्रीन सही तरिकाले मसाज नगरी लगाउँदछन् । जसले गर्दा यसको सही असर छालामा देखिँदैन । सनस्क्रीन लगाउनु अघि सधै मोइस्चराइजर लगाउनु पर्दछ । घाममा निस्कनुभन्दा कम्तीमा १५ मिनेट अगाडि सनस्क्रीन लगाउनु पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved