अधिक वजन घटाउन प्रहरीलाई सरकारको निर्देशन

नेपालभ्युज

अधिक वजन घटाउन प्रहरीलाई सरकारको निर्देशन

भारत । हरियाणामा प्रहरी अधिकारीको अत्यधिक वजन घटाउन राज्य सरकारले निर्देशन दिएको छ ।

हरियाणा राज्यका गृह तथा स्वास्थ्य मन्त्री अनिल विजले बिहीबार जारी गरेको निर्देशनमा ‘मोटोपन’ भएका र पेट भएका हरियाणाका प्रहरी अधिकृतलाई प्रहरीको अभ्यास लाइनमा पठाइने चेतावनी दिएका हुन् ।

उनले  बढी वजन भएका प्रहरी अधिकारीहरूले व्यायामको माध्यमबाट तन्दुरूस्ती हासिल गरेपछि सेवामा फर्कन सक्ने बताएका छन् ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’हरियाणा प्रहरीका अधिकारी र कर्मचारीहरूको फिटनेसलाई ध्यानमा राख्दै, गृहमन्त्री अनिल विजले आज गृह विभागका अतिरिक्त मुख्य सचिवलाई लिखित निर्देशन जारी गर्नुभएको छ । प्रहरी विभागमा धेरै प्रहरी कर्मचारीहरू अधिक वजन भएका प्रहरीलाई (व्यायाम) लाइनमा स्थानान्तरण गरिनुपर्छ ।’

राज्यका स्वास्थ्य मन्त्रीले प्रहरी अधिकारी र कर्मचारीहरूको फिटनेसलाई ध्यानमा राख्दै गृह विभागका अतिरिक्त मुख्य सचिवलाई यस सम्बन्धमा लिखित निर्देशन जारी गरेका छन् ।

विजले लेखेका छन्, ‘अधिक तौल भएका सबै प्रहरी अधिकारी/कर्मचारीहरूलाई प्रहरी लाइनमा स्थानान्तरण गरियोस् र उनीहरूलाई ड्युटीका लागि उपयुक्त नहोउन्जेल व्यायाम गर्न लगाइयोस् ।’ एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved