काठमाडौं। हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टिभीबाट प्रसारण हुँदै आएको टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको ग्राण्ड फिनाले शुक्रबार हुँदैछ ।
चार जना कोचबाट दुई-दुई गरी आठ जना प्रतिस्पर्धी भए पनि उपाधिका लागि चार जना फाइनलिस्टले प्रतिस्पर्धा गर्दैछन् । दर्शकले फिनालेको दिन बेलुकासम्म आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् ।
आठ जना प्रतिस्पर्धीमा टिम प्रविशा अधिकारीबाट अग्रिमा रिजाल र अर्नव बन तथा टिम प्रमोद खरेलबाट स्पन्दन सुब्बा र रिजन डाँगीले प्रतिस्पर्धा गर्नेछन् । टिम मिलन नेवारबाट सृष्टि लामा र निशित बिके तथा टिम सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोलाले फिनालेमा प्रतिस्पर्धा गर्नेछन् ।
दर्शकले खल्ती एपबाट प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । फाइनल कार्यक्रम शुक्रबार राति ८ बजे हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुँदैछ ।
Facebook Comment
Comment