भ्वाइस किड्स सिजन-२ को फिनाले शुक्रबार, कसले मार्ला बाजी ?

नेपालभ्युज

भ्वाइस किड्स सिजन-२ को फिनाले शुक्रबार, कसले मार्ला बाजी ?

काठमाडौं। हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टिभीबाट प्रसारण हुँदै आएको टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको ग्राण्ड फिनाले शुक्रबार हुँदैछ ।

चार जना कोचबाट दुई-दुई गरी आठ जना प्रतिस्पर्धी भए पनि  उपाधिका लागि चार जना फाइनलिस्टले प्रतिस्पर्धा गर्दैछन् । दर्शकले फिनालेको दिन बेलुकासम्म आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् ।

आठ जना प्रतिस्पर्धीमा टिम प्रविशा अधिकारीबाट अग्रिमा रिजाल र अर्नव बन तथा टिम प्रमोद खरेलबाट स्पन्दन सुब्बा र रिजन डाँगीले प्रतिस्पर्धा गर्नेछन् । टिम मिलन नेवारबाट सृष्टि लामा र निशित बिके तथा टिम सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोलाले फिनालेमा प्रतिस्पर्धा गर्नेछन् ।

दर्शकले खल्ती एपबाट प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । फाइनल कार्यक्रम शुक्रबार राति ८ बजे हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved