एक कप कफीको मूल्य २ लाख, दुई हप्ता अघि नै अर्डर दिनुपर्ने

नेपालभ्युज

एक कप कफीको मूल्य २ लाख, दुई हप्ता अघि नै अर्डर दिनुपर्ने

एजेन्सी। संसारभरका अधिकांश मानिसले आफ्नो दिनको सुरुवात चिया वा कफीबाट गर्छन्।

त्यसैगरी केही व्यक्तिहरू पनि छन् जो आफ्नो फरक स्वादको मजा लिन मन पराउँछन्। यही कारण हो जताततै यसको स्वाद र मूल्यमा धेरै भिन्नता छ। आज हामी तपाईलाई एउटा यस्तो ठाउँको बारेमा बताउन गइरहेका छौँ, जहाँ एक कप कफीको मूल्यले आकाश छोएको छ ।

अष्ट्रेलियामा एउटा कफी सप खुलेको छ जहाँ एक कप कफीको मूल्य १५ सय डलर अर्थात् झण्डै  २ लाख नेपाली रुपैयाँ पर्छ ।अचम्मको कुरा, यति धेरै पैसा खर्च गर्दा पनि यो कफी पिउनका लागि तपाईले लामो समय कुर्नुपर्ने हुनसक्छ । यदि तपाईं यो कफी स्वाद गर्न चाहनुहुन्छ भने त्यसको लागि तपाईंले दुई हप्ता अघि अर्डर गर्नुपर्छ।

पश्चिमी सिड्नीको पेनरिथमा रहेको ब्रू ल्याब क्याफे चर्चाको विषय बनेको थियो, जब क्याफेका मालिक मिच जोन्सनले कफीको मूल्यलाई लिएर ठूलो घोषणा गरे।

कफी यति महँगो हुनुको कारण र प्रतिक्षाको कारण बताउँदै क्याफेका मालिकले भने कि यो कफी पानामा र कोस्टारिकाको सिमाना नजिक रहेको सिल्ला डे पाण्डोमा रहेको ज्वालामुखीको छेउमा समुन्द्रभन्दा १ हजार ७ सय मिटर उचाइमा फल्छ ।

ग्रेडिङ गरेपछि यो कफी रोस्टिङ प्रक्रिया पूरा हुन्छ। यही कारण यसलाई बनाउन धेरै समय र पैसा लाग्छ।

क्याफे मालिक मिच जोनसनका अनुसार यो असाधारण कफी हो जसले मानिसको आँखामा आँसु ल्याउँछ। उनले थप भने, ‘यस्तो कुरा गर्नु पागल जस्तो लाग्छ तर भएको छ । यो कफी पिएपछि मान्छेको आँखाबाट आँसु आउँछ, जुन मैले आफैले देखेको छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved