परराष्ट्रमन्त्री साउद र बङ्गलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

नेपालभ्युज

परराष्ट्रमन्त्री साउद र बङ्गलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । बङ्गलादेशको राजधानी ढाकामा उनिहरुबीच आज भेटवार्ता भएको हो ।

भेटमा दुई पक्षीय हितका विभिन्न विषयबारे छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ । छलफलको क्रममा नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई सुदृढ तुल्याउने, सीमापार कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा व्यापार, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको बताइएको छ ।

ढाकामा आयोजित छैटौँ इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा भाग लिन मन्त्री साउद शुक्रबार ढाका गएका थिए। ढाकामा रहँदा उनले शुक्रबार नै भारतीय समकक्षी एस. जयशङ्करसँग भेटवार्ता गरेका थिए। जयशङ्करसँगको भेटघाटमा समग्र दुई पक्षीय सम्बन्ध, सम्पर्क सञ्जाल, सडक सञ्जाल र जनस्तरको सम्बन्धबारे छलफल भएको साउदले बताए ।

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न ढाकामा सम्मेलन आयोजना गरिएको थियो । भारतीय विदेश मन्त्रालय, इन्डिया फाउण्डेशन र बङ्गलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन आयोजना भएको थियो । परराष्ट्रमन्त्री साउद आज बेलुकी स्वदेश फर्कँदै छन् । बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी भएर स्वदेश फर्किएको दुई दिनपछि उनि बङगलादेश गएका थिए ।रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved