तौल कम गर्न दालचिनीको सेवन

नेपालभ्युज

तौल कम गर्न दालचिनीको सेवन

एजेन्सी। दालचिनीले स्वास्थ्यमा धेरै प्रकारले फाइदा गर्दछ । यसको सेवन गरेर तपाईंले आफ्नो तौल पनि कम गर्न सक्नुहुन्छ । आउनुहोस् आज दालचिनीको प्रयोग गरी कसरी तौल घटाउने भन्ने बारे जानौं–

– दालचिनीमा म्याग्नेसियम, फस्फोरस, जिंक, क्याल्सियम तथा कपर जस्ता पोषक तत्वहरू पाइन्छ ।

– तौल कम गर्नका लागि दालचिनीलाई दूधमा मिसाएर पिउनु सकिन्छ । यसले शरीरको मेटाबोलिज्मको प्रक्रियालाई तीव्र बनाउँछ जसले शरीरमा जमेको बोसोलाई निकाल्ने काम गर्छ । यसका लागि तातो दूधमा दालचिनीको धूलो मिसाएर पिउनुपर्दछ।

– त्यसैगरी, दालचिनीको चिया बनाएर पिउँदा पनि एकदमै फाइदा गर्दछ । यदि, तपाईं बिहान दूधको चिया पिउनुहुन्छ भने त्यो छोडेर दालचिनी राखेको चिया पिउनुहोस् । यसलाई नियमित पिउँदा कोलेस्ट्रोलको समस्या पनि हुँदैन साथै तौल कम गर्न मद्दत गर्दछ।

– दालचिनी पानीले पनि शरीरमा जमेको फोहोरलाई बाहिर निकाल्नुका साथै तौल कम गर्न सहयोग गर्दछ । नियमितरूपमा दालचिनी पानीको सेवन गरेमा बोसो कम हुँदै जान्छ । पेटमा जमेको बोसोलाई कम गर्न यो पानी अझै प्रभावकारी हुन्छ ।

– तौल कम गर्नका लागि दालचिनी र महको मिश्रण गरेर सेवन गर्न पनि सकिन्छ । दालचिनी र अमलालाई पानीमा उमाल्ने र त्यसमा मह राखेर पिउने गर्दा पनि तौल घटाउनका लागि प्रभावकारी उपाय हुन्छ । यसलाई बिहान खाली पेटमा सेवन गरेमा अझै प्रभावकारी हुन्छ ।

– त्यस्तै, तौल कम गर्नका लागि तपाईं बिहानको नास्तामा ओट्समा दालचिनीको धुलो राखेर सेवन गर्न पनि सक्नुहुन्छ । अन्य नास्ताको विकल्पको रूपमा ओट्समा दालचिनी राखेर खानु तौल कम गर्न तथा शरीरलाई स्वस्थ राख्ने राम्रो उपाय हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved