कालो भएको घाँटीलाई सफा गर्ने ‘सुगर स्क्रब’

नेपालभ्युज

कालो भएको घाँटीलाई सफा गर्ने ‘सुगर स्क्रब’

एजेन्सी । के तपाईंको घाँटी पनि शरीरको अन्य भागभन्दा कालो देखिन्छ ? यस्तो हुनुको पछाडि धेरै कारण हुन सक्छन् । घाँटीको रंग कालो भएको खण्डमा सफा गर्न यो स्क्रब फलदायी हुन सक्छ ।

घाममा धेरै देखिने हुँदा पनि छाला कालो हुन सक्छ । यसबाहेक हर्मोनको गडबडी, महिलाले गर्भनिरोधक चक्की धेरै मात्रामा सेवन गर्नु, धेरै पसिना आउनु तथा मोटोपन जस्ता कारणहरु पनि हुन सक्छन् ।

घाँटीको कालो हटाउन चामलको पिठो र चिनीको स्क्रब बनाएर प्रयोग गर्न सकिन्छ । चामलको पिठोले छालामा रहेका मृत कोषिकालाई हटाउने गर्दछ । यो तैलीय छालाका लागि एकदमै उपयोगी हुन्छ ।

यसका लागि एक कचौरा चामलको पिठो, चिनी र एलोबेरा जेल राखेर मिसाउने र घाँटीमा लगाएर हल्का हातले स्क्रब गर्ने गरेमा छिटै छाला गोरो हुँदै जान्छ ।

त्यस्तै कागती र चिनीको स्क्रब पनि तयार गर्न सकिन्छ । डढेर कालो भएको छालामा प्राकृतिक चमक ल्याउन कागती र चिनीको स्क्रब प्रयोग गर्न सकिन्छ ।

चिनीले मृत कोषिकाहरुलाई हटाएर छालालाई सफा राख्ने काम गर्छ । यसरी नै चिनी र महको स्क्रब पनि बनाउन सकिन्छ । यसलाई पनि हरेक दिन नुहाउँदा प्रयोग गर्नु पर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved