नक्कली शरणार्थी प्रकरणमा भ्रष्टाचारविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन

नेपालभ्युज

नक्कली शरणार्थी प्रकरणमा भ्रष्टाचारविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाहीको माग गर्दै सत्तारुढ विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै संयुक्त विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन र कारबाहीको मागसहित गठबन्धनका विद्यार्थीको खबरदारी गठबन्धनमा अवद्ध विद्यार्थी संगठनहरूले खबरदारी सभा गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले ‘म पनि बिरामी छु, भूमिगत अस्पताल कहाँ छ ?’ जस्ता प्लेकार्ड बोकेका थिए ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले संयुक्तरूपमा रत्नराज्य क्याम्पसमा प्रदर्शन गर्दै कोही पनि भ्रष्टाचारीलाई उम्किन दिन नहुने बताएका छन् ।

विद्यार्थीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार भएका एमाले नेता टोपबहादुर रायमाझीलाई तत्काल पक्राउ गर्न मागसमेत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved