सचिव टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

नेपालभ्युज

सचिव टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

काठमाडौं। नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई आज बुधबार निलम्बन गरेको हो।

एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिँदै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको बताए।

‘जे सोध्नु छ, यहीँ सोध्नु’ भन्दै प्रहरीलाई थर्काएपछि खाणलाई पुर्जी थमाएर पक्राउ गरियो

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले वारेन्ट जारी गरेसँगै फरार रहँदै आएका रायमाझीलाई एमालेले बचाउन खोजेको आरोप लागिरहेका बेला पार्ट्टीले निलम्बनको निर्णय गरिएको हो।

रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । यद्यपि, उनी फरार छन्। उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved